Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

महालक्ष्मीमा स्पोर्ट्स एकेडेमीको स्थापना

महालक्ष्मीमा स्पोर्ट्स एकेडेमीको स्थापना

  • ललितपुर । महालक्ष्मी नगरपालिकामा खेलकूदको विकास, युवाहरूको प्रतिभा पहिचान तथा अनुशासित समाज निर्माण गर्ने उद्देश्यसहित महालक्ष्मी स्पोर्ट्स एकेडेमी स्थापना गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    एकेडेमीको औपचारिक शुभारम्भ महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले संयुक्त रूपमा गर्नुभएको हो।

    AGNI GROUP

    महालक्ष्मी स्पोर्ट्स एकेडेमी प्रमुख रमण थापाले खेलकूद क्षेत्रप्रति निरन्तर योगदान, नेतृत्व र प्रेरणादायी भूमिकामा एकेडेमी सक्रिय रहने बताउनुभयो। 

     

    laxmi.jpegएकेडेमीले नगरभित्र रहेका युवा तथा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्दै खेलकूदमार्फत स्वस्थ, सिर्जनशील र अनुशासित समाज निर्माणमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। साथै, स्थानीय स्तरमै लुकेर रहेका खेल प्रतिभाहरूको पहिचान र प्रोत्साहनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

    एकेडेमीका प्रमुख रमण थापाले खेलकूद क्षेत्रप्रति निरन्तर योगदान, नेतृत्व र प्रेरणादायी भूमिकामा एकेडेमी सक्रिय रहने बताउनुभयो। उहाँले अनलाइन पत्रिकासँग कुरा गर्दै खेलकूदको माध्यमबाट युवाहरूलाई सकारात्मक मार्गमा अघि बढाउन तथा नगरलाई खेलमैत्री बनाउने अभियानमा एकेडेमीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

    महालक्ष्मी स्पोर्ट्स एकेडेमीको स्थापनासँगै नगर क्षेत्रमा खेलकूद गतिविधि विस्तार हुनुका साथै नयाँ खेल प्रतिभाहरूलाई अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

    mahalxmi1.jpeg

    mahalaxmi.jpeg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij