Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

‘बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैन’ : अर्थमन्त्री वाग्ले

‘बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैन’ : अर्थमन्त्री वाग्ले

  • काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभा, अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको अनुमान (बजेट) का मुख्यमुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उनले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गरे ।

    AGNI GROUP

    मन्त्री डा. वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध बुँदा आर्थिक विधेयकमा छुटेकाले संशोधन गरिएको स्पष्ट गरे । प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने गलत मनसायले तथ्य र प्रमाणबिना अनावश्यक चर्चा गराइएको उनको भनाइ थियो ।

    “देखिएका त्रुटि सच्चाएर सार्वभौम सांसदको हातमा विधेयक पारेपछि कुनै परिवर्तन गरिएको छैन । प्रतिनिधिसभा अवरोध गरेर बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो”, अर्थमन्त्री डा.वाग्लेले भने, “सुशासनका लागि निर्मम रूपमा अघि बढेको सरकारविरुद्ध यस्ता हिलो छ्यापेर छवि धुमिल्याउन सकिन्छ भनेर गरिएका प्रहारको भ्रममा सांसदहरू पर्नु हुँदैन ।”

    बैठकमा समितिका सदस्य लीमा अधिकारीले सदनमा प्रस्तुत बजेट ऐतिहासिक र रूपान्तरणकारी बजेट आएको बताउँदै मन्त्री वाग्लेको जवाफबाट धेरै विषय स्पष्ट भएको जनाए ।

    समितिका सदस्य नरेन्द्रकुमार केरुङले विगतमा सरकारका पालामा केही भएन भन्ने भाष्य गलत भएको बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij