Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

१५औँ महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता खोजेका हौँ : महत

१५औँ महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता खोजेका हौँ : महत

  • काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापक्षीय नेता प्रकाशशरण महतले आफूहरूले कुनै भागवण्डा नखोजेको बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    बाँसबारीस्थित निवासमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले १५औँ महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता खोजेको बताए । “महाधिवेशन निष्पक्ष होस् भन्ने खोजेका हौँ, त्यसका लागि दुवैपक्ष बसेर दुईचार दिनमा एउटा समझदारी गरे अधिवेशन सम्पन्न गर्न साझा संयन्त्र बनाउन सकिन्छ,” उनले भने । 

    AGNI GROUP

    उनले १५औँ महाधिवेशनको निर्वाचन गर्ने संयन्त्रमा बनाउँदा विशेष ध्यान दिनुपर्ने बताए । “विधान संशोधनका विषय र क्रियाशील सदस्यता टुंग्याउन १४औँ महाधिवेशनको समिति तथा विशेष महाधिवेशनको समिति समायोजन गरेर अथवा त्यसको सट्टा छुट्टै साझा संयन्त्र भयो भने भाग लिन सकिनेछ,” उनले प्रस्ट पारे । 

    अहिले इतरपक्षले यो वा त्यो पद चाहियो नभनेको उनले बताए । सदस्यता डिजिटल गर्न कुनै आपत्ति नरहेको भन्दै नवीकरण भइरहेकालाई डिजिटल गर्ने संस्थापनको जिम्मेवारी भएको उनको भनाइ छ। 

    “त्यो नगरे उहाँहरू गाडी नै छुट्छ । यति,दिन आउनु भएन भने छुट्छ भन्दै हुनुहुन्छ, जबकि नवीकरण गरिसकेको छ,” महतले भने, “अब गाडीबाट निकाल्छु भन्नेजस्तो गर्नु हुँदैन । नवीकरण गरेको सदस्यतालाई डिजिटल गर्नुपर्छ ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij