Logo

Jun 17 2026 | २०८३, असार ३ गते

Jun 17 2026 | २०८३, असार ३ गते

आयल निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया सुरु

आयल निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया सुरु

  • काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि नियुक्ति प्रक्रिया सुरु भएको छ। तत्कालीन कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले राजीनामा दिएपछि रिक्त रहेको पदपूर्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवेदन आह्वान गरेको हो।

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको छ। सूचनाअनुसार इच्छुक उम्मेदवारले विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ।

    AGNI GROUP

    मन्त्रालयले यसअघि प्रचलनमा रहेको कार्यविधिअनुसार नै आवेदन प्रक्रिया अघि बढाएको जनाएको छ। कार्यकारी निर्देशक पदका लागि ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    आगामी चार वर्षमा निगममा कार्यान्वयन गर्न सकिने योजनासहितको विस्तृत कार्ययोजना पेश गर्न भनिएको छ । मन्त्रालयले माग गरेको कार्ययोजनामा पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री–वितरण, मूल्य समायोजन तथा गुणस्तर व्यवस्थापन, सम्पत्ति तथा जनशक्ति व्यवस्थापन, निजी क्षेत्रसँगको सहकार्य, निगमको पूर्वाधार विकास, प्रविधिको उपयोग, सुशासन तथा संस्थागत सुधारका विषय समेट्नुपर्नेछ।

    त्यस्तै, इथानोललगायत वैकल्पिक ऊर्जाका स्रोतको विकास र उपयोगबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ। उम्मेदवारले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन सुधारका रणनीतिक योजना पनि प्रस्ताव गर्नुपर्नेछ।

    मन्त्रालयले कृत्रिम बौद्धिकता ९एआई० को सहयोगमा तयार गरिएको व्यवसायिक कार्ययोजना पेश गरेको प्रमाणित भएमा सम्बन्धित आवेदन स्वतः रद्द गरिने चेतावनीसमेत दिएको छ । यस व्यवस्थामार्फत उम्मेदवारको मौलिक सोच, नेतृत्व क्षमता र संस्थागत सुधारप्रतिको दृष्टिकोण मूल्यांकन गर्ने उद्देश्य राखिएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

    नेपाल आयल निगम देशको पेट्रोलियम आपूर्ति व्यवस्थापनको प्रमुख सरकारी निकाय भएकाले यसको नेतृत्व चयनलाई महत्त्वपूर्ण रूपमा हेरिन्छ । नयाँ कार्यकारी निर्देशकले निगमको वित्तीय अवस्था सुदृढ गर्नुका साथै आपूर्ति प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

    गत वैशाख ३० गते तत्कालीन कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। मन्त्रालयले अब प्राप्त आवेदनको मूल्यांकन तथा छनोट प्रक्रियापछि नयाँ कार्यकारी निर्देशक नियुक्त गर्नेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij