Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

अबको प्रधानमन्त्रीमा कसको बढी सम्भावना ?

अबको प्रधानमन्त्रीमा कसको बढी सम्भावना ?

  • बहुमतको सरकार बनाउन १ सय ३८ जना सांसदको समर्थन चाहिन्छ। १ सय ७४ सिट रहेको नेकपामा ओली समूहसँग ८१ र दाहाल–नेपाल समूहसँग ९३ सांसद खुलेका छन्।

    onlinepatrika
    Arghakhachi

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णय गरेसँगै मुलुक नयाँ सरकार गठनसहितको प्रक्रियामा अघि बढेको छ। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठक नै नबोलाउने त होइनन् भन्ने आशंकालाई समेत चिर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बैठक बोलाउन भनेको छ। अदालतको आदेशलाई स्वीकार गर्ने बताउँदै आएका प्रधानमन्त्री ओलीले सोही अनुसार मन्त्रिपरिषद् बैठक राखेर संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने हुन्छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् बैठक बोलाउनै पर्ने अदालतको बाध्यकारी आदेश छ।

    AGNI GROUP

    तर त्यसपछिको प्रक्रिया कसरी अघि बढ्छ ? संविधानसभाबाट जारी भएको नयाँ संविधानमा त्यसको स्पष्ट व्यवस्था छैन। ओलीले पदबाट राजीनामा गरेमा संविधानको धारा ७६ अन्तर्गत नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ। प्रधानमन्त्रीले राजीनामा गरेपछि नयाँ सरकार गठनका लागि कसरी प्रक्रिया सुरु हुन्छ भन्ने स्पष्ट व्यवस्था छैन। अन्तरिम संविधानले सरकार गठनका लागि राजनीतिक दललाई राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था गरेको थियो। तर अहिलेको संविधानले स्पष्ट व्यवस्था नगरेकाले संविधानको धारा ७६ को व्यवस्थाअनुसार संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलले आफैं प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्नुपर्छ। वा विगतको परम्परालाई टेकेर राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई नयाँ सरकार गठनका लागि आह्वान गर्न सक्नेछन्।

    त्यसपछि मात्र संविधानको धारा ७६ को उपधारा २ अनुसारको प्रक्रिया अघि बढ्छ। ७६ को २ मा भनिएको छ, ‘प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।’ बहुमतको सरकार बनाउन १ सय ३८ जना सांसदको समर्थन चाहिन्छ। १ सय ७४ सिट रहेको नेकपामा ओली समूहसँग ८१ र दाहाल–नेपाल समूहसँग ९३ सांसद खुलेका छन्।

    दोस्रो, प्रधानमन्त्रीले राजीनामा नगरेमा संविधानको धारा १०० (४) अनुसार अविश्वास प्रस्तावमार्फत मात्र हटाउन सकिनेछ। प्रधानमन्त्रीमा निर्वाचित भएको पहिलो दुई वर्ष अविश्वासको प्रस्ताव राख्न नपाउने संवैधानिक व्यवस्था भए पनि ओलीले उक्त समय गुजारिसकेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij