Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

अदालतलाई बधाई दिँदै ओलीलाई वामदेवको आग्रह !

अदालतलाई बधाई दिँदै ओलीलाई वामदेवको आग्रह !

सचिवालय बैठक धुम्बाराहीमा बोलाउन ‍‌ओली र दाहाललाई गौतमको आग्रह

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरून्त राजीनामा दिनु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभाको विघटन गरेपछि कुनै समूहमा नलागेका गौतमले सर्वोच्चले संसद पुनर्स्थपाना गर्न आदेशको दिएको बिहान विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन्। उनले सर्वोच्चको फैसला आएको फागुन ११ को दिन ऐतिहासिक महत्वको भएको बताए।  

    onlinepatrika
    Arghakhachi

    'यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरूको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ,’ गौतमले भनेका छन्,‘आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो।  यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरूलाई हार्दिक धन्यवाद दिन्छु।'

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij