Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

बुढानीलकण्ठमा कांग्रेसको हाइकमान्ड बस्दै

बुढानीलकण्ठमा कांग्रेसको हाइकमान्ड बस्दै

  •  काठमाडौं ।  नेपाली कांग्रेसका पदाधिकारी तथा नेताहरूको  बैठक बिहीबार बस्दैछ। सभापति शेरबहादुर देउवाको  निवास बुढानीलकण्ठमा बस्‍ने बैठकमा आगामी महाधिवेशनको तयारी तथा  संसद पुनर्स्थापनापछि नयाँ राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। बैठकमा पछिल्लो राजनीतिक अवस्था र महाधिवेशनबारे छलफल हुने जानकारी पार्टी कांग्रेस पार्टी कार्यलयका  मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    बैठकमा सरकार समिकरणका संभावना र सहकार्यका विकल्पबारे छलफल गरेर कांग्रेसले आफ्नो पोजिसन स्पस्ट गर्नेछ। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलगायतका अन्य वरिष्ठ नेताहरू तथा पार्टीका पूर्वपदाधिकारीहरु समेत सहभागी हुने छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेकपाको ओली पक्ष र प्रचण्ड –नेपाल दुवै पक्षले  अब सत्ता समीकरणका लागि कांग्रेससँग सहकार्य गर्न प्रस्ताव राखेका छन्। अहिलेसम्म कांग्रेसले सरकारमा जाने नजाने स्पस्ट गरेको छैन। कानुनी रुपमा अझै पनि नेकपा विभाजित भइनसकेकोले यसको आधिकारिकताको टुंगो लागेपछि मात्र कांग्रेसले आफ्नो रणनीति र प्राथमिकता तय गर्ने बताइएको छ। 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij