Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

धर्म संस्कृतिको संरक्षणमा समुदाय लाग्नु पर्छ : प्रकाशमान सिंह

धर्म संस्कृतिको संरक्षणमा समुदाय लाग्नु पर्छ : प्रकाशमान सिंह

  • काठमाडौं । वाग्मती, रुद्रमती र मनोहरा नदीको संगमस्थल शङ्खमूल त्रिवेणीधाममा माघ शुक्ल पूर्णिमादेखि भक्ति सङ्गीतसहित आरती सेवा शुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    चन्द्रमास अनुसार हरेक महिनाको पूर्णिमाका दिन आरती गर्ने र अरु दिन त्रिवेणीधाम क्षेत्रका तीनवटै नदीलाई सफाइ गर्ने अभियान शुरु गरिएको शङ्खमूल त्रिवेणीधाम आरती सेवा समूहले जनाएको छ ।

    AGNI GROUP

    कार्यक्रमको शुभारम्भ गर्दै नेपाली कांग्रेसका नेता एवं सो क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद प्रकाशमान सिंहले नदी सभ्यता र धर्म, संस्कृतिको संरक्षणमा समुदाय लाग्नुपर्ने बताए ।

    काठमाडौं महानगरपालिका–३१ मा पर्ने शङ्खमूल त्रिवेणीधाम धार्मिक एवं पौराणिक हिसाबमा महत्वपूर्ण तीर्थस्थल भए पनि ओझेलमा परेकाले समूहले यसको प्रचारप्रसार एवं महत्व समुदायसम्म लैजान काम गर्ने अध्यक्ष मदनगोपाल धुँजु श्रेष्ठले जानकारी दिए ।

    त्रिवेणीधाम संरक्षणका लागि आर्ट अफ लिभिङ, हनुमान आरती मण्डल, ओम शान्तिलगायत संस्थासँग समेत सहकार्य गरेर काम गरिएको समूहले जनाएको छ । साप्ताहिकरूपमा नियमित सफाइ र मासिकरूपमा शङ्खमूल त्रिवेणीधाममा नियमित आरती गरेर महत्वपूर्ण धार्मिकस्थलको संरक्षण गर्न लागिएको समूहका सहसंयोजक प्रेमबहादुर शाक्यले बताए ।

    कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यद्वय दीपेन्द्र श्रेष्ठ र गणेश दुलाल, काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसी र वडा नं ३१ का अध्यक्ष नारायण भण्डारीलगायतको पनि सभागिता थियो । कार्यक्रममा जनप्रतिनिधिले सम्पदास्थलको संरक्षणमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij