Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रदेशको विकासका लागि नगर विकाससँग सहकार्य गरिने छ : मुख्यमन्त्री भट्ट

प्रदेशको विकासका लागि नगर विकाससँग सहकार्य गरिने छ : मुख्यमन्त्री भट्ट

  • धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको समग्र विकासका लागि नगर विकास कोषसँग सहकार्य र समझदारी गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    नगर विकास कोषले आज (सोमवार) धनगढीमा गरेको प्रदेशस्तरीय नगरपालिका वित्त तथा क्षमता विकाससम्बन्धी कार्यशालामा मुख्यमन्त्री भट्टले संविधानअनुसार सहकार्य, सहअस्तित्व र समझदारीअनुसार प्रदेश सरकारले काम गरिरहेको उल्लेख गरे ।

    AGNI GROUP

    विकासका लागि स्पष्ट योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने,‘‘विकास गर्ने नेपालको आफ्नो अलग्गै ढाँचा छैन, व्यक्तिव्यक्तिका ढाँचा छन्, यसले समग्र क्षेत्रको विकास हुन सक्दैन ।’’ वित्त आयोगको वितरण प्रणालीको नीतिले पनि विकास सम्भव नभएको भन्दै उनले काम गर्ने पुरानो सोच र शैलीमा परिवर्तन गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

    नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य, सहअस्तित्व स्वीकार गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

    धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नगर विकास कोषले तीनै तहका सरकारबीच पुलको काम गरी शहरी क्षेत्रमा आधारभूत पूर्वाधार जुटाउन प्रभावकारी भूमिका खेल्न जरुरी रहेको बताए ।

    कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बदलिँदो परिवेशमा अनुदानबाहेकको पर्याप्त स्रोत जुटाउन स्थानीय पालिकाबाट पहल हुनुपर्नेमा जोड दिँदै कोषले लगानी बढाउन र आन्तरिक स्रोत वृद्धि गर्नमा सहयोग गर्ने बताए । कार्यशालामा नगर विकास कोषको दूरदृष्टि र चार वर्षे व्यावसायिक योजना, कोषको व्यवसाय प्रवर्द्धन तथा कार्य प्रक्रिया, सहलगानी तथा वैकल्पिक वित्तीय स्रोत परिचालन विधिलगायतका विषयमा प्रस्तुति र छलफल हुने जनाइएको छ ।

    नगर विकास कोषले नेपाल सरकार र विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदारको वित्तीय र प्राविधिक सहयोगमा नगरको सामाजिक, आर्थिक पूर्वाधारको विकास, विस्तार तथा नगरपालिका एवं साना शहरको क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएको छ । कार्यशालामा सुदूरपश्चिम प्रदेशका ३४ नगरपालिकाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij