Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

देशकै प्रधानमन्त्री असुरक्षित : जनताले सुरक्षा कहाँ खोज्ने ?

देशकै प्रधानमन्त्री असुरक्षित : जनताले सुरक्षा कहाँ खोज्ने ?

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति दोहोर्‍याउँदै आएका छन् । उनले कार्यकर्तामाझ लगातार सुरक्षा थ्रेट भएको बताएपछि मुलुकको प्रधानमन्त्री नै असुरक्षित हुने अवस्था कसरी आयो भन्ने प्रश्न उठेको छ। दुई सयभन्दा बढी सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्री कसरी असुरक्षित भए भन्ने प्रश्न उठेको छ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री ओलीले सोमबार आफूमाथि शारीरिक हमला हुनसक्ने बताए। पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरूमाथि सम्पूर्ण रूपले प्रहार हुँदै आएको भन्दै शारीरिक हमला हुनसक्ने दाबी गरेका हुन् । नेपाली सेनाको हेलिकोप्टर र यती एयरलाइन्सको विमान चार्टर गरेर कार्यकर्ता भेलामा हिँडिरहेका ओलीले व्यक्तिगत रूपमा शारीरिक हमला हुनसक्ने बताएका हुन् ।

    AGNI GROUP

    गृह मन्त्रालयले जारी गरेको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिअनुसार प्रधानमन्त्रीको सुरक्षामा सेनाका एक सय ७५, सशस्त्रका २८, नेपाल प्रहरीका ८२ र राष्ट्रिय अनुसन्धानका १० जना हुनुपर्नेमा प्रहरीका डिएसपीको कमान्डमा १०० जना र सशस्त्र प्रहरीका डिएसपीको कमान्डमा ४५ जना खटिएका छन् । अहिले नेपाल प्रहरीको कमान्ड डिएसपी राजन लिम्बूले गरिरहेका छन् । नेपाल प्रहरीको उच्च स्रोतका अनुसार उनलाई कुनैपनि प्रकारको सुरक्षा थ्रेट छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij