Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

ज्यानमाथि खतरा छ भन्ने प्रधानमन्त्री चाहिँदैन : गगन थापा

ज्यानमाथि खतरा छ भन्ने प्रधानमन्त्री चाहिँदैन : गगन थापा

  • सर्लाही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले केपी शर्मा ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिएका छन् । मङ्गलवार सर्लाहीको दक्षिण-पश्चिम भेगस्थित धनकौल बजारमा पार्टीद्वारा आयोजित आम सभामा उनले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भने ‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यो देशका प्रधानमन्त्रीले जनताको ज्यान कसरी जोगाउँछ’ उनले भने, ‘यस्तो लुरे प्रधानमन्त्री चाहिएन ।’

    onlinepatrika
    Arghakhachi

    बालुवाटारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा रहने प्रधानमन्त्री यसरी डराउँछन् भने अरुको ज्यान जोगाउन नसक्ने थापाले बताए । प्रधानमन्त्री ओलीले हिजो पोखरा पुगेर ‘ममाथि तलमाथि भए अचम्म माग्नु पर्दैन’ भन्ने अभियुक्त दिएका थिए ।

    AGNI GROUP

    उनले निर्वाचन आयोगले नेकपाको आधिकारिताबारे निर्णय दिन ढिला गरेर ओलीका गलत हर्कतहरुलाई साथ दिइरहेको पनि आरोप लगाए । उनले यो बेलामा काँग्रेस सरकारमा जाने हतारो गर्न नहुने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij