Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

३० लाखको नालीबेली : ओली सरकारका मन्त्री जति भागे पनि आपतैआपत

३० लाखको नालीबेली : ओली सरकारका मन्त्री जति भागे पनि आपतैआपत

  • ‘लाने बेलामा लगिस्, अनेकथोक भनिस्, अहिले दिन्नँ भन्छस्… !’
    शहरी विकास मन्त्री प्रभु साहलाई कर्मचारीकै अगाडि ठुल्ठूलो स्वरमा हप्कीदप्की गर्दै एकजना महिला कराइरहेकी थिइन्, सचिव रमेश सिंहचाहिँ ‘म्याडम प्लिज, मेरो मुख हेरेर चूप लागिदिनुप¥यो’ भन्दै दुई हात जोडेर बिन्ती गर्दै थिए । महिला रुँदै, कराउँदै झोलामा राखेको मेटासिडको बिर्को खोल्न खोज्दै थिइन् । उनका पिए बालकृष्ण ‘हैन, हैन दिदी– यस्तो नगर्नु न’ भन्दै फकाएर बिर्को बन्द गराउँदै थिए । सिंहदरबारमा देखिएको यो दृश्य दुई साताअघिको हो । अहिले पनि ती महिला प्रभु साहलाई खोज्दै सिंहदबार जान्छिन्, तर मूल प्र्रवेशद्वारमै उनलाई ‘ब्ल्याकलिस्टेड’ गरिएको छ । चिनेसम्म प्रहरीले छिर्न दिँदैनन् । छिरिहालिन् भने पनि हत्तपत्त मन्त्री फरार हुन्छन् ।

    onlinepatrika
    Arghakhachi

    ०४८ पछि विजय गच्छेदारलाई सत्ता फापेझैँ ०६३ पछिका एक–दुईबाहेक सबैजसो सरकारमा मन्त्री खाँदै आएका पूर्वमाओवादी नेता प्रभु साह यसचोटि मन्त्री पदमा बहाली भएको दुई–चार दिनदेखि नै यस्तो लफडामा परेका छन् । उनले एकजना अधबैंशे महिलासँग पैसा लिएर नतिरेपछि यस्तो झमेलामा परेका हुन् । केही वर्ष पहिले डा.बाबुराम भट्टराईसँग गंगालाल हस्पिटलपछाडि बाँसबारीमा खिचेको एउटा फोटो भाइरल भएर चर्चामा आएकी उनै दिपा केसी कुँवर हुन्, अहिले प्रभु साहबाट ठगिएकी । काठमाडौंको बाँसबारीमा घर भएकी दिपा र प्रभुको पहिला राम्रो सम्बन्ध थियो । ०७४ को स्थानीय निर्वाचनअघि चुनाव खर्चका नाममा प्रभुले दिपासँग ३० लाख रुपैयाँ लिएका थिए, जुन कुराको साक्षी उनका पिए बालकृष्ण पनि हुन् । त्यसबेला प्रभुकी पत्नी रिनाकुमारी रौतहट, मौलापुर नगरपालिकाको मेयरमा उठेकी थिइन्, जितिन् पनि । ऋणका रुपमा उक्त रकम लिएको भए पनि प्रभुले व्याजसमेत तिरेनन् । पछि–पछि ताकेता गर्दा आफैँ उठ्नुपर्ने संसदीय चुनाव आयो । चुनावपछि दिन्छु भनेका थिए । तर, दिएनन् । चुनावपछि सोध्दा ‘मन्त्री बनेको एक महिनाभित्र सबै तिर्छु’ भनेका हुन् । तर, उनी मन्त्री नै बनेनन् । ‘जहिले सोधे पनि मन्त्री भएपछि दिन्छु भन्थ्यो’ दिपाले भनिन्, ‘तर, मन्त्री भएपछि तपाईं को हो ? म चिन्दिनँ भनेर पो हप्काउन थाल्यो !’

    AGNI GROUP

    प्रभुले पैसा लिने बेलामा शर्त राखेका थिए, कि उनको छोरालाई अष्ट्रेलिया पठाइदिने, कि पैसा फिर्ता गर्ने । तर, न छोरालाई अष्ट्रेलिया पठाइदिए, न पैसा फिर्ता गरे । उल्टो व्याजसमेत बेपत्ता । उक्त रकमको कारोबारबारे प्रभुका स्वीकय सचिव र नेकपा नेता झक्कु सुवेदीको सहयोगीका रुपमा रहेका एकजना व्यक्ति पनि साक्षी रहेको दिपाले मन्त्रालयमा रहेका कर्मचारीलाई सुनाउँदै थिइन् ।

    दिपा यसरी मेटासिड नै बोकेर मन्त्रालय जानुको दुःख पनि ठूलै रहेछ । धुम्बाराहीस्थित एकजना साथीको घर राष्ट्रिय बाणिज्य बैंक, चावहिल शाखामा धितो राखेर ५० लाख रुपैयाँ कर्जा लिएकी थिइन् । त्यसमध्येको ३० लाख प्रभु साहले नै लगे । २० लाख आफूले चलाइन् । तर, प्रभुले भाकाभित्र पैसा नदिँदा उनले साथीको पैसा तिर्न सकिनन् । साथीको घर लिलामी गर्न बैंकको सूचना निस्किसकेको छ । त्यसपछि आफैँ लागेर भनसुन गर्दै लिलामीको भाका त सारिन्, तर सारेको भाका पनि नाघ्ने बेला भयो । त्यही बेला प्रभु ओली सरकारमा मन्त्री भए । उनी कर्मचारीहरुलाई सुनाउँदै थिइन्, ‘साथीको पैसा तिर्न नसकेपछि मसँग मर्नुबाहेक अर्को उपाय छैन । मर्नु नै परेपछि यही मन्त्रीको अगाडि मेटासिड खाइदिन्छु †’

    दिपाले सचिव रमेश सिंहलाई आफ्नो छिमेकीको नाताले पहिल्यै चिनेकी थिइन् । शुरुमा सचिवमार्फत कुरा राखिन् । तर, मन्त्रीले वास्ता गरेनन् । सीधै भेट्न गइन् । मन्त्रीले भेट दिएनन् । बिहान ११ बजे पुगेकी उनले ४ बजे भेट्न पाइन्, त्यो पनि जबरजस्ती ढोका खोलेपछि । मन्त्री निस्किएर हिँड्न लागेका थिए । उनले ढोकामै बबाल गर्न खोजिन् । त्यसपछि भित्र लगेर सानो स्वरमा भने, ‘अहिले मसँग छैन, भए पछि दिन्छु ।’ तर, दिपाले मानिनन् । कराइन् । यो दृश्य देखेर प्रभुलाई भेट्न पुगेका ओलीपक्षीय पर्साका पूर्वसांसद राजकुमार गुप्ताहरु पनि छक्क परे । उनी भन्दै थिए, ‘बाले कस्तो मान्छेलाई मन्त्री बनाएछन् †’ उनले यो कुरा प्रधानमन्त्रीसँग भन्नका लागि स्वकीय सचिव इन्द्र भण्डारीलाई भेटिन् । इन्द्रले ‘उहाँ अर्कै पार्टीको मान्छे हो, हामीले भन्न मिल्दैन’ भनेर पठाइदिए । प्रचण्डकी छोरीमार्फत भनाउन खोजिन् । तर, त्यहाँबाट नभनिने जानकारी पाइन् । अस्ति सोमबार सचिवले बोलाएर मन्त्रालय गइन् । त्यसदिन पनि मन्त्रीले हप्कीदप्की गर्नाले रुँदै बाहिरिइन् । जनआस्थामा खबर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij