Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । बुधबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले नेकपालाई टुटाउनका लागि भए पनि कांग्रेस सरकारमा जानुपर्ने बताए । उनले भने, ‘प्रचण्ड–माधव नेपालसँग मिलेर हामी सरकारमा जानुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो ।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेकपाको प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्ने बताएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–माधव समूहसँग मिलेर भए पनि पदबाट हटाउने बताए । उनले सरकारको नेतृत्व गर्न कांग्रेस तयार रहेको पनि बताए । सभापति शेरबहादुर देउवाले यसअघि नेकपाका दुवै खेमाको पक्ष– विपक्षमा कांग्रेस नलाग्ने बताएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij