Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

नेकपा विधिवत रुपमा एउटै छ, कांग्रेसले धारणा बनाउने बेला भएको छैन : डा. महत

नेकपा विधिवत रुपमा एउटै छ, कांग्रेसले धारणा बनाउने बेला भएको छैन : डा. महत

  • चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । यहाँ (आज) बिहीवार पत्रकारसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे । उनले भने, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन ।”

    onlinepatrika
    Arghakhachi

    फरक प्रसङ्गमा उनले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने स्पष्ट पारे । उनले भने,“हाम्रो उपस्थितिविना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौँ ।” सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उनले स्पष्ट पारे ।

    AGNI GROUP

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विधिवत् रुपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा. महतको भनाइ थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij