Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

‘सुरुङ परीक्षणका क्रममा वाग्मती नदीमा सतह बढ्नसक्छ’

‘सुरुङ परीक्षणका क्रममा वाग्मती नदीमा सतह बढ्नसक्छ’

  •  काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल गरेको छ । यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधै वाग्मतीमा जाने समितिले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    पानीको परिमाण एकै पटक बढ्न सक्ने भएकाले सजग रहन भनिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनले भने, “एक दुई दिनभित्रै सुन्दरीजलसम्म पानी आइपुग्ने भएकाले सजग रहन सुन्दरीजलदेखि बल्खुसम्म नै माइकिङ हुनेछ ।” झण्डै दुई दशक पहिले निर्माण शुरु भएको आयोजनाका मुख्य पूर्वाधारका रुपमा रहेको सुरुङको निर्माण गत वर्ष सकिएको थियो । निर्माण सकिएसँगै समितिले गत वर्ष असारमा सुरुङ परीक्षण गरेको थियो । सो परीक्षणका क्रममा ढोका खुल्दा दुर्घटना भएको थियो । मानवीय क्षतिसमेत भएको दुर्घटनापछि समितिले त्यहाँ रहेको त्रुटि सच्याएर पुनः परीक्षण गरेको हो । परीक्षण सकिएर सुरुङमा ठूला समस्या नभएको पाइएमा आगामी महिनाभित्रै काठमाडौँ उपत्यकाको पानी वितरण गर्ने प्रणालीमा पानी पठाइनेछ । 

    AGNI GROUP

    राष्ट्रिय गौरबको सो आयोजना लामो प्रतीक्षापछि सम्पन्न भएकाले पनि यसले उपत्यकावासीमा आशा जगाएको छ । पानी नियमित वितरण शुरु भएपछि उपत्यकाको खानेपानीको समस्या समाधान हुने विश्वास गरिएको छ । सुरुङ, हेड वर्क र दुई पानी प्रशोधन केन्द्र निर्माण आयोजनाले गरेको हो । पानी वितरणका लागि आवश्यक संरचनाको निर्माण आयोजना कार्यन्वयन निर्देशनालयले गरेको छ भने वितरणको काम काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij