Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

रिहा भए विप्लव समूहका नेता धमेन्द्र बास्तोला

रिहा भए विप्लव समूहका नेता धमेन्द्र बास्तोला

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेता धमेन्द्र बास्तोला रिहा भएका छन्। सरकार पक्ष र विप्लव समूहबीच वार्ता भएसँगै नेता बास्तोला रिहा भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    आगजनी लगायतका मुद्दामा जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका नेता बास्तोला शुक्रवार रिहा भएका हुन् । बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको थियो। त्यससँगै करिब दुई वर्ष अघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लगाएको प्रतिवन्ध हटाएको छ । प्रतिवन्ध हटाएसँगै गृहमन्त्रालयले पक्राउ गरेका विप्लवका नेता कार्यकर्तालाई रिहा गर्न सर्कुलर जारी गरेको थियो ।

    AGNI GROUP

    रिहा भएलगत्तै नेता बास्तोला काठमाडौं आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij