Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

दुई दशकपछि मेलम्चीको पानी आज काठमाडौंमा झर्ने, प्रधानमन्त्री ओलीले अवलोकन गर्ने

दुई दशकपछि मेलम्चीको पानी आज काठमाडौंमा झर्ने, प्रधानमन्त्री ओलीले अवलोकन गर्ने

  • काठमाडौं । दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी आज शनिवार काठमाडौं उपत्यकामा झर्दैछ। आज दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुरुङबाट सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झर्ने आयोजनाले जनाएको छ । गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पल्ट मुहानबाट २६ किलोमिटर लामो सुरुङमा पानी हालिएको थियो । अहिले परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने जनाइएको छ । यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाण्डौमा मेलम्चीको पानी उपलब्ध गराउने सरकारको योजना छ ।

    onlinepatrika
    Arghakhachi

    परीक्षणका क्रममा आज सुन्दरीजलमा आइपुग्ने पानीको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिएका छन् । आयोजनाका अनुसार आज सुन्दरीजल झर्ने पानी रातभर वाग्मती नदीमा बगाइनेछ। आयोजनाले वाग्मती आसपासका बासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइसकेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij