Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

आज ओली समूहको संसदीय दलको बैठक बस्दै

आज ओली समूहको संसदीय दलको बैठक बस्दै

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक आज शनिवार बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा आइतवार बस्ने प्रतिनिधिसभाको अधिवेशनमा आउनसक्ने सम्भावित एजेण्डाहरुमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने ओली पक्षीय नेकपाका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिएका छन् । औपचारिक विभाजन नभए पनि नेकपाको दुबै समूहले छुट्टाटुट्टै संसदीय दलको बैठक गरेका छन् । हिजो शुक्रवार प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । दुबै समूहले संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएका छन्।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij