Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । नेकपा नेता माधव कुमार नेपाल र पुष्प कमल दाहालले सभामुख अग्नि प्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्। विघटित प्रतिनिधि सभा पुनः स्थापना भएपछि आज बस्न लागेको संसद बैठकबारे परामर्श गर्न भेट भएको बताइएको छ। नेकपा विवादका बीच बस्न लागेको संसद बैठकमा हुन सक्ने असहज अवस्थाबारे समेत भेटमा छलफल भएको थियो ।
सिंहदरबारस्थित सभामुख कार्यकक्षमा भएको भेटमा संसद बैठकमा हुन सक्ने सम्भावित गतिविधि तथा देशको पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल भएको बताइएको छ । विवादपछि दुई समूहमा विभाजित भएको नेकपामा हाल दुवै समूहले एक अर्कालाई कारबाही गर्ने क्रम बढेको छ। हाल नेकपामा दुई संसदीय दलका नेता तथा दुई सचेतक रहेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij