Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइनः नेता बाँस्तोला

सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइनः नेता बाँस्तोला

  • काठमाडौं ।  नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने रनजाने विषय महत्वपूर्ण नभएको बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको स्पष्ट पारे ।

    onlinepatrika
    Arghakhachi

    सरकार बनाउन साथ दिने जानकारी दिँदै उनले भने, “सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयनपछि अरु कुरा खुल्दै जान्छ ।” उनले संसदीय व्यवस्थामा देखिएका समस्या समाधान गर्दै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने गरी सरकार निर्माणमा सहयोग गर्ने पार्टीको नीति रहेको जानकारी दिए । उनले भने, “हामी सरकारमा नजाने भन्ने होइन । संसदीय व्यवस्थामा देखिएका समस्यालाई समाधान गरेर वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढ्ने गरेर सरकारलाई सहयोग गर्ने हो ।” सरकारसँग भएका सहमति कार्यान्वयन गर्दै देशको विकासमा सबै दललाई एकताबद्ध गरेर अघि बढाउने उनको भनाइ थियो । 

    AGNI GROUP

    सरकारसँग गरिएको सहमति प्रारम्भिक कुरा भएको उनले बताए । पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा, पार्टीका कार्यकर्ता रिहा  र नेकपाले देशको राजनीतिक समस्यालाई शान्ति पूर्णरुपमा छलफलका माध्यमबाट समाधान गर्ने विषयमा मात्रै सहमति गरेको नेता बाँस्तोलाको भनाइ थियो । उनले भने, “नेता कार्यकर्ता रिहाइको प्रक्रिया शुरु भएको छ । अब हाम्रो छलफल देशको राजनीतिक समस्या, आर्थिक समस्यालाई समाधान गर्ने विषयमा चल्छ ।” आफूसँग देशको समस्या समाधानका लागि बृहत् खाका रहेको उनले दाबी गरे । आफ्ना नेता कार्यकर्तासँग हतियार नरहेको जनाउँदै उनले राजनीतिक दललाई त्यस विषयमा नआत्तिन आग्रह गरे । उनले भने, “हामीसँग हतियार छैन । यस विषयमा कोही आत्तिनुपर्दैन ।” 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij