Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रचण्ड र बाबुराम नजिकिँदै, जसप तानातानमा

प्रचण्ड र बाबुराम नजिकिँदै, जसप तानातानमा

  • नेकपा एमाले र माओवादी केन्द्र दुवैतिरबाट सत्ता साझेदारीको प्रस्ताव आएपछि जनता समाजवादी पार्टी स्पष्ट रूपमा दुई कित्तामा देखिएको छ। जसपालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले र पुष्पकमल दाहाल प्रचण्ड ले नेतृत्व गरेको माओवादी केन्द्रले अलगअलग रूपमा सत्ता साझेदारी गर्न प्रस्ताव गरेका छन्। ओली आफू नेतृत्वको सरकार टिकाइरहन चाहन्छन् भने दाहाल अन्य दलको सहयोगमा ओलीलाई हटाएर नयाँ सरकार बनाउने लाइनमा छन्। जसपाका शीर्ष नेताहरूले बुधबार माओवादी केन्द्रका अध्यक्ष दाहालसँग कुराकानी गरे। दाहाललाई भेट्न जसपाका नेताहरू पेरिसडाँडा पुगेका थिए। तीन दिनअघि जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई भेटेका थिए।

    onlinepatrika
    Arghakhachi

    जसपा संयुक्त संसदीय दलको मंगलबार बसेको बैठकमा ठाकुरले प्रधानमन्त्री ओलीसँगको भेटबारे ब्रिफिङ गरेका थिए। उनले ओलीसँग वार्ता गर्न टोलीसमेत गठन गरेको जानकारी बैठकमा गराएका थिए। ओली नेतृत्वको सरकार र जसपाबीच सहमति जुटाउन दुवै पक्षको संयुक्त कार्यदल बनेको छ। कार्यदलले पहिलो चरणमा बैठक गरिसकेको छ। संसदीय दलको बैठक बसेको भोलिपल्टै बुधबार जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले सत्ता साझेदारीका विषमा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरे। भट्टराईले दाहालसँग छुट्टै कुराकानी पनि गरे।

    AGNI GROUP

    पछिल्लो समय दाहाल र भट्टराईबीच मित्रता बढ्दै गएको छ। स्रोतका अनुसार माओवादी केन्द्रसँग मिलेर सरकारमा जाने कि ओलीसँग मिल्ने भन्ने पक्षमा जसपाका नेताहरू दुई धारमा बाँडिएका छन्। यादव र भट्टराई कुनै पनि अवस्थामा ओलीसँग मिलेर सत्तामा जाने पक्षमा छैनन्। गत वर्ष यादव प्रधानमन्त्री ओलीबाट अपमानित भएपछि सरकारबाट बाहिरिएका थिए। त्यो अपमानले यादवको चित्त दुखेको उनी निकट नेता बताउँछन्। भट्टराई र यादवलाई राजेन्द्र श्रेष्ठ, रामसाहय यादवलगायत नेताको साथ छ। ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरू भने आफ्ना माग पूरा भए ओली सरकारमा पनि जान सकिने बताउँछन्। उनीहरू दाहालभन्दा ओलीप्रति केही लचिलो देखिएका छन्।

    जसपाका लागि ओली र दाहाल उस्ताउस्तै भएको ठाकुर पक्षधर नेताहरूको भनाइ छ। यो लाइनमा तत्कालीन समाजवादीकै केही सांसद पनि उभिएका छन। खासगरी गत वर्ष पार्टी फुटाउन लागेका तत्कालीन समाजवादीका असन्तुष्ट सांसद ओलीसँग लचिलो भएको स्रोतको भनाइ छ। तत्कालीन समाजवादीका सांसद इस्तियाक राईले जसपाका लागि दाहाल र ओली बराबरी भएको बताए। नागरिक दैनिकमा खबर छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij