Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

एमालेमा स्पेस खोज्दै नेपाल समूह

एमालेमा स्पेस खोज्दै नेपाल समूह

  • सर्वोच्च अदालतले एमाले र माओवादीलाई आआफ्नो पार्टीमा फर्काएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललगायतका नेतासँग परामर्श गरेका छैनन्। उनले पार्टीभित्रकै वरिष्ठ नेताहरूसँग परामर्श नगरेका कारण एमालेको पुरानो सांगठनिक संरचना सञ्चालनमा अन्योल उत्पन्न भएको छ। पार्टी पुरानै अवस्थामा आएपछि पहिलोपटक माधव नेपाल समूह पार्टीभित्र आफ्नो समूहको पुरानै अस्तित्व खोजीमा लागेको छ। सो समूहले मंगलबार र बुधबार आफू पक्षधर सांसद र केन्द्रीय सदस्यसँग अनौपचारिक छलफलसमेत गरेको थियो। छलफलबाट पार्टीमा सहजीकरणका लागि प्रधानमन्त्री ओली नै जिम्मेवार रहेकाले संवादको पहल पनि उनैले गर्नुपर्ने निष्कर्ष निस्केको छ। ‘सामान्य छलफल भएको हो। पछिल्लो परिस्थितिमा पार्टीलाई कसरी अघि बढाउने भन्नेबारेमा केन्द्रीय सदस्यसँग नेताहरूले परामर्श गर्नुभएको हो’, स्थायी कमिटी सदस्य रघु पन्तले भने। उनका अनुसार पार्टीभित्र आन्तरिक व्यवस्थापनका लागि प्रधानमन्त्रीले पहल गर्नुपर्ने निष्कर्ष निकालिएको छ। ‘तर प्रधानमन्त्रीले नेताहरूसँग संवाद गरेको पाइएन’, उनले भने।

    onlinepatrika
    Arghakhachi

    पन्तका अनुसार एमाले नेतृत्वमा बनेको सरकार अल्पमतमा परेपछि विश्वासको मत आर्जन गर्न नसकेको अवस्थामा वामपन्थीकै नेतृत्वमा सरकार बनाउने कोसिस गर्नुपर्ने निष्कर्ष पनि निकालिएको छ। मंगलबार साँझ वानेश्वरमा भएको भेलामा माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डेलगायतले परिस्थिति निकै जटिल रहेको बताएका थिए। बुधबारको भेलामा नेपाल, झलनाथ खनालसमेतका नेताले पछिल्लो परिस्थितिबारे केन्द्रीय सदस्यलाई जानकारी गराएका थिए। नागरिकमा खबर छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij