Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रधानमन्त्री–जसपा छलफल सकारात्मक : शुक्रबार फेरि वार्ता

प्रधानमन्त्री–जसपा छलफल सकारात्मक : शुक्रबार फेरि वार्ता

  • काठमाडौँ । बिहिवार नेकपा(एमाले) र जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरूबीचको उच्चस्तरीय छलफल सकिएको छ । आज जसपाका नेताहरू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा उच्चस्तरीय छलफल भएको हो । छलफलमा जसपा अध्यक्ष महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, नेताहरु राजेन्द्र महतो र अशोक राई सहभागी थिए । भेटघाट सकारात्मक रहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।  नेकपा एमाले र जसपाबीच शुक्रवार कार्यदलस्तरमा अनाैपचारिक छलफल हुने जनाएको छ । आजै बसेका जसपाको शीर्ष नेताहरुको बैठकले सत्ता समीकरणको विषयमा संसदमा रहेका प्रमुख तीन दलसँग शीर्ष नेताले संयुक्त छलफल गर्ने निर्णय गरेको थियो।

    onlinepatrika
    Arghakhachi

    मंगलवार बसेको जसपाको संसदीय दलको बैठकले रेशम चौधरीमाथिको मुद्दा र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मागलाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij