Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलका शीर्ष नेताको बैठक बोलाएका छन्। देउवा निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बैठक बोलाइएको हो। ‘समसामयिक विषयमा छलफल गर्न’ सिनियर नेताहरुको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। प्रतिनिधि सभा पुनःस्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न सबैले कांग्रेसको भूमिका खोजिरहेका बेला कांग्रेस भने अनिर्णित देखिएको छ। बैठक त्यसै सन्दर्भमा केन्द्रित हुने बताइएको छ। बैठकमा राजनीतिको पछिल्लो घटनाक्रमका बारेमा छलफल हुने भएको छ। माओवादी केन्द्र कांग्रेस र जसपासहितको गठबन्धन बनाएर सरकार निर्माण गर्नेप क्षमा छ।
माओवादी केन्द्रले कांग्रेस र जसपाबीच कुराकानी गरेपनि कांग्रेसले भने जसपासँग संवाद गरेको छैन। कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र तयार देखिएको छ। शीर्ष तहका नेताको बैठकले केन्द्रीय कार्यसमितिको बैठक बोलाउने विषयमा समेत छलफल गर्ने बताइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij