Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

देउवाले सरकारको नेतृत्व लिनुपर्नेमा पार्टीका नेताहरु एकमत

देउवाले सरकारको नेतृत्व लिनुपर्नेमा पार्टीका नेताहरु एकमत

  • काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत देखिएका छन्। पार्टीका पूर्व र वर्तमान पदाधिकारीको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्नेमा एकमत देखिएक छन् । ‘कांग्रेस अहिले पर्ख र हेरको अवस्थामा छ। ओली सरकारलाई हटाएर नयाँ सरकार गठनमा कांग्रेस एकजुट देखिएको छ । पदाधिकारी बैठकपछि काठमाडौंमा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेशको कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले भने, त्यसका लागि कांग्रेसकै नेतृत्वमा सरकार बनाउन हाम्रो जोड हुन्छ। त्यो सम्भव छ कि छैन थाहा छैन। यस्तै केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले राजनीतिक निकासका लागि कांग्रेस नेतृत्व अपरिहार्य रहेको समेत दाबी थरेका छन् । ओलीलाई चाँडो घर पठाउनु छ। सकिन्छ भने कांग्रेसको नेतृत्वमा सरकार बनाएर केपी शर्मा ओलीले जति पनि संविधानमा भ्वाङ पार्ने काम गर्नुभएको छ, त्यसलाई पुर्ने काम गर्नुपर्छ। अनि मुलुकलाई निर्वाचनमा लैजानु पर्नेमा नेता थापाले जोड छ ।

    onlinepatrika
    Arghakhachi

    नेकपाले पाएको जनमत खारेज भएको छ। त्यसकारण अहिले जनादेश पाएको दल नै छैन। अब यस्तो अवस्थामा मुलुकलाई निकास दिने दायित्व कांग्रेसको काँधमा छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij