Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहले आज आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले हिजो एकपक्षीय रुपमा पदाधिकारीको जिम्मेवारी हेरफेर तथा केन्द्रीय सदस्य मनोनयन गरेपछि नेपाल–खनाल समूहको बैठक आज बस्न लागेको हो । बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्याल होटेलमा बस्ने बैठकमा ओली पक्षीय बैठकका निर्णयपछि उत्पन्न परिस्थितिबारे छलफल हुने नेता विष्णु रिजालले जानकारी दिए। उनका अनुसार ओली पक्षीय बैठकले गरेका निर्णयहरुमा असहमति जनाउँदै पार्टीका विभिन्न कमिटीमा मनोनीतको कामसमेत बैठकले गर्न सक्नेछ।
शुक्रबार साँझ पनि नेपाल–खनाल समूहका स्थायी कमिटी सदस्यहरु सम्मिलित बैठक बसेको थियो। बैठकले बालुवाटारमा ओली समूहले गरेका निर्णयहरु अस्वीकार गर्ने निर्णय गरेको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij