Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

माधव कुमार नेपाल लगायतका नेताहरुलाई कारबाही गर्ने तयारीमा ओली

माधव कुमार नेपाल लगायतका नेताहरुलाई कारबाही गर्ने तयारीमा ओली

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल लगायतलाई कारबाही गर्नेगरी छलफल थालेका छन् । नेता नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको तयारी गर्नेगरी ओलीले छलफल थालेका हुन् । ओली समूहका एक नेताका अनुसार ओलीले शुक्रवारकै आफू निकटको केन्द्रीय समिति बैठकमा अनुशासनहीन काम गर्नेहरुलाई कारबाही गर्न चाहेका थिए । तर नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेललगायतले अहिले नै कारबाही गर्न नहुने भन्दै उनीहरुको थप गतिविधि हेरेर कदम चालिनुपर्ने सुझाव दिएका थिए ।

    onlinepatrika
    Arghakhachi

    सोही बैठकबाट ओलीले माओवादी धारका नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन गर्नुका साथै अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारीको खारेज गरेका थिए । यस्तै पमाधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर नयाँलाई विभिन्न प्रदेशहरुमा इन्चार्ज समेत तोकेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij