Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

क-कसको गुम्दैछ सांसद पद ?

क-कसको गुम्दैछ सांसद पद ?

  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उनीहरूको सांसद पद गुम्ने देखिएको छ ।एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरीलगायत ५३ जनालाई एमाले पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेपछि माओवादीका तर्फबाट निर्वाचित व्यक्तिहरुको सांसद पद कानुनबमोजिम गुम्ने देखिएको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ मा दल त्याग गर्न नहुने उल्लेख छ । सो दफाको उपदफा (१) मा भनिएको छ– ‘कुनै दलका तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्को सांसद, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यो दल त्याग गर्नसक्ने छैन ।’ उपदफा (२) मा उपदफा (१) बमोजिम कुनै सदस्यले दल त्याग गरेमा भने त्यस्तो सदस्यको पद जाने स्पष्ट गरिएको छ । उपदफा (२) मा उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिने उल्लेख छ ।राजनीतिक दलसम्बन्धी ऐनअनुसार नेकपा (एमाले)का अध्यक्ष ओलीले गृहमन्त्री थापा, श्रममन्त्री चौधरीलगायत माओवादी केन्द्रबाट निर्वाचित २२ जनालाई एमालेकोे केन्द्रीय सदस्य बनाएको दिन शुक्रबारदेखि नै ती सांसदहरूको पद स्वतः गुमेको देखिएको छ ।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ मा केकस्तो अवस्थामा दल त्याग गरेको मानिने भनी उल्लेखसमेत गरिएको छ । सो दफामा कुनै सांसदले सम्बन्धित दल त्याग गरेको लिखितरुपमा जानकारी दिएमा वा निजले अर्को दलको सदस्यता लिएमा वा निज आफैले वा निजसमेत संलग्न भई अर्को दल गठन भएमा पहिलेको दल त्याग गरेको मानिने प्रावधान छ । माओवादी केन्द्रले आफ्नो दलबाट सांसद बनेकालाई पार्टी परित्याग गरेको हो वा होइन भन्ने सम्बन्धमा शनिबार २४ घण्टाभित्र लिखित जवाफ माग गरेकोे भए तापनि अझसम्म कसैले जवाफ बुझाएको छैन ।

    onlinepatrika
    Arghakhachi

    यता कानुनविद्हरूले भने एमालेका अध्यक्ष ओलीले माओवादीका सांसदलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि सदस्य बन्नेहरूले हालसम्म अस्वीकार गरेको जानकारी नआएका कारण स्वतः उनीहरूले दल त्याग गरेको पुष्टि भएको भन्दै उनीहरूको सांसद पद गुमेको तर्क अघि सारेका छन् । सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले उनीहरूले अर्को दलको सदस्यता लिइसकेको देखिएकाले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम उनीहरूकोे सांसद पद गुमेको दाबी गरे । नेपाल समाचारपत्रमा खबर छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij