Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

ओलीको क्याम्पमा कस्सिएका प्रचण्डका सारथिहरुको अनुहार !

ओलीको क्याम्पमा कस्सिएका प्रचण्डका सारथिहरुको अनुहार !

  • उनीहरुले सांसद पद गएपनि माओवादी केन्द्रमा नफर्किने जवाफ दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । माओवादी केन्द्रले एमालेमा लागेका २३ जना नेताहरूलाई २४ घण्टाभित्र पार्टीमा नफर्किए सांसद पद समेत नरहनेगरि कारबाही गर्ने निर्णय गरेको थियो ।उनीहरुले सांसद पद गएपनि माओवादी केन्द्रमा नफर्किने जवाफ दिएका छन् । माओवादी केन्द्र परित्याग गर्नेहरुमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, अर्घाखाँची (उर्जामन्त्री ), लेखराज भट्ट (उद्योगमन्त्री) कैलाली–४, प्रभु साह (शहरी विकास मन्त्री) रौतहट–३, गौरीशंकर चौधरी कैलाली–३ (श्रममन्त्री) रहेका छन् ।

    AGNI GROUP

    राष्ट्रियसभा सदस्यहरु रामबहादुर थापा बादल (गृहमन्त्री) र चन्द्रबहादुर खड्का रहेका छन् । प्रदेशसभा सदस्यमा टंक आङबुहाङ (ताप्लेजुङ), पासाङ शेर्पा, ज्वालाकुमारी शा(बारा), दधिराम न्यौपाने (रुपन्देही), दिनेश पन्थी (गुल्मी), डम्बर विष्ट (सुर्खेत), धर्मराज रेग्मी (दैलेख) र टेकबहादुर बलामी (अछाम) रहेका छन् । माओवादी केन्द्रका प्रभावशाली नेताहरु पनि एमालेमा प्रवेश गरेका छन् ।

    एमाले प्रवेश गर्नेहरुमा मणिचन्द थापा (खानेपानी मन्त्री), कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लिलाबहादुर थापा, नवीन रोका, धर्मराज रेग्मी, झपट बोहरा, गिरधर लाल, दावा लामा रहेका छन् । टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, गिरधर लाल, दावा लामा र रहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij