
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । अभिनेत्री केकी अधिकारीले ‘बोक्सीको घर’ फिल्मका लागि कपाल मुण्डन गरेकी छन् । उनले कपाल मुण्डन गरेपछि ऐनाको अगाडि खिचेका तस्विरहरु इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छन् । उनको यो लुक्सले धेरैलाई आकर्षित गरेको छ । पहिलो पटक फिल्मका लागि आफ्नो कपाल त्याग गरेकी उनले फिल्मको कथाले मागेका कारण केश मुण्डन गरेको बताएकी छन् । कपाल नै मुण्डन गर्न तयार हुनुले उनी यो फिल्मको चरित्रमा कुन हदसम्म डुबेकी छन् भन्ने प्रस्ट्याउँछ ।
‘बोक्सीको घर’ नाटकमाथि आधारित भएर निर्माण भइरहेको फिल्ममा केकीसँगै अभिनेता गौरव पहारीको पनि अभिनय रहेको छ । सुलक्षण भारतीको निर्देशनमा बनिरहेको फिल्ममा केकीका पिता बद्री अधिकारी निर्माता र निर्देशक विशाल भण्डारी कार्यकारी निर्माता रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij