Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

विदेशीने युवाको कथामा ‘लालुमै’ सार्वजनिक (भिडियोसहित)

विदेशीने युवाको कथामा ‘लालुमै’ सार्वजनिक (भिडियोसहित)

  • काठमाडौं । ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो लालुमै सार्वजनिक भएको छ । मनोवादको आवाज ,शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन् । स्वदेशमै घर ,संसार र सम्भावना हुँदाहुँदै ,ठुला सपनाहरू बोकेर बिदेशीने युवाहरूको घर परिवार र देश प्रतीको प्रेमको कथा हो ‘लालुमै’। गीतको सङ्गीत संयोजन रुविन श्रेष्ठ (कुटुम्ब) ले गरेका छन् । सुरज महर्जनको कन्सेप्टमा तयार पारिएको भिडियोमा प्रमीला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा विजय बराल, घनश्याम जोशी ,मौसम खड्का ,राज न्यौपाने , उत्तम राज पाण्डे, शक्ति राई , उमेश तामाङ , रञ्जना ओली र सुरज तमु लगायत को अभिनय रहेको छ । नवीन बाबु गुरुङ र सुशील तामाङले संयुक्त रूपमा खिचेको भिडियोको सम्पादन र कलरिङ् निशान घिमिरेले गरेका हुन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij