
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । आज (शुक्रवार) बाट चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल- सिजन–३’ प्रशारण शुरु हुने भएको छ । कार्यक्रम आज बेलुकी ८ बजेबाट हिमालय टेलिभिजनमा प्रशारण शुरु हुने भएको हो । शो हरेक शुक्रवार र शनिवार कार्यक्रम प्रसारण हुने छ । शो प्रशारण हुनु अघि हिजो बिहिवार बेलुकी काठमाडौंमा प्रिमियर समेत आयोजना गरिएको थियो । प्रिमियरमा शोका निर्णायकहरु, निर्माता, निर्देशक, विज्ञापनदाता उपस्थित थिए । आजबाट शोमा ब्लाइन्ड अडिसन प्रशारण हुनेछ ।
यसपटक भ्वाइसको टिमले कोच परिवर्तन गरेको छ । आस्था राउतको ठाँउमा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् । डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले शोको ‘ब्लाइन्ड अडिसन’मा कोचको सामना गर्नेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरूले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij