Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

भारतीय जेलमा ४० वर्ष थुनिएका दीपक जैसी रिहा, इलाम ल्याउने तयारी

भारतीय जेलमा ४० वर्ष थुनिएका दीपक जैसी रिहा, इलाम ल्याउने तयारी

  • काठमाडौँ- ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई शनिवार रिहा गरिएको छ। प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको हो। कर्तव्य ज्यान मुद्दामा थुनिएका उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको थियो। नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुक्रवारदेखि शुरु भएको थियो।उनलाई इलाममै ल्याइने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    दीपक २०३७ सालदेखि इलामको एकतप्पास्थित घरबाट हराएका थिए। केही महिनाअघि उनी भारतको कोलाकाताको दमदम कारागारमा भएको पत्ता लागेको थियो। उनी सन् १९८० मा भारतको दार्जिलिङबाट कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका थिए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij