Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

अर्घाखाँचीको सन्धिखर्कमा जिप दुर्घटना हुदा ७ जना घाइते

अर्घाखाँचीको सन्धिखर्कमा जिप दुर्घटना हुदा ७ जना घाइते

  •  अर्घाखाँची ।  सन्धिखर्क–९  अर्घाको सेक्रटीबाट सदरमुकाम सन्धिखर्क तर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको डबल क्याप जीप सडकबाट करिव ३५ मिटर तल भीरमा खसेर अड्किएको छ।  दुर्घटनामा परि अर्घाखाँची  सन्धिखर्क ९ अर्घाका २८ वर्षीय सुरज खनाल, उनकी श्रीमती २३ वर्षीया रिता खनाल, छोरा ४ वर्षीय छोरा सुक्रिम खनाल, सोही ठाउँका ३३ वर्षीय सावित्री खनाल, १८ वर्षीय विजय खत्री, जीप चालक ४२ वर्षीय ठक बहादुर खत्री र ६६ वर्षीया सीता खत्री घाइते भएका छन्। घाइते मध्ये चालक ठक बहादुर खत्री र ६६ बर्षिय सीता खत्री गम्भीर घाइते भएका छन्। उनिहरू सबैको अहिले जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको छ। दुर्घटना भएको जानकारी पाउने बित्तिकै स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना  घटनास्थलमा पुगेर घाइतेहरूको उद्दार गरि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको छ। 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij