
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । नेपालकै नम्बर १ गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ शुक्रबारदेखि हिमालय टेलिभिजनमा प्रशारण सुरु भएको छ । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टेलिभिजनबाट प्रशारण हुने तेश्रो सिजनको पहिलो भागले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ । पहिलो भागमा ‘ब्लाइन्ड अडिसन’मा छानिएका प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुती दिएका थिए। जसलाई दर्शकले निकै मन पराएका छन् । शोको पहिलो भाग नै नेपालमा युटुब ट्रेन्डिङको पहिलो नम्बरमा पुग्न सफल भएको छ । एक दिनमै यो शोलाई युटुबमा १३ लाख भन्दा बढीले हेरेका थिए । हालसम्म पहिलो भागलाई युटुबमा १८ लाख भन्दा बढीले हेरिसकेका छन् । ‘दि भ्वाइस अफ नेपाल सिजन ३’को पहिलो भागमा मेलिना मैनाली, गनविर बुढामगर, धु्रव तामाङ, सुजिता योञ्जन र धमेन्द्र सुनार अघिल्लो राउन्डका लागि छनोट भएका छन् ।
त्यस्तै, शनिबार प्रशारण भएको ‘ब्लाइन्ड अडिसन’बाट सम्राट राजभण्डारी, अभिषेक बराइली विश्वकर्मा, सुमन नेपाली, अफ्रिता खड्गी, सुनिलथापा मगर, शर्मिला आचार्य, निर्मला घले छनोट भएका छन् । शनिबार प्रशारण भएको ‘दि भ्वाइस अफ नेपाल सिजन ३’को दोश्रो भागले पनि दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ । यो शोमा दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल, तृष्णा गुरुङ निर्णायकको रुपमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij