Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

काठमाडौं प्रहरी प्रमुख अशोकको अड्डामा एआईजी पालको अनुगमन

काठमाडौं प्रहरी प्रमुख अशोकको अड्डामा एआईजी पालको अनुगमन

  • काठमाडौँ । प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाहमा कटिवद्ध हुन महानगरीय प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक हरि बहादुर पालले महानगरीय प्रहरी परिसर टेकुको बिभिन्न शाखाहरूको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभएको छ ।

    onlinepatrika
    Arghakhachi

     निर्देशन सम्बोधनको क्रममा प्रहरी अतिरीक्त महानिरीक्षक हरि बहादुर पालले प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राही समक्ष प्रहरीले उच्च आचरण र व्यवहार सहित प्रस्तुत भएमा प्रहरीप्रति आम नागरिकको दृष्टिकोण सकारात्मक रुपमा परिवर्तन हुने उहाँले बताउनुभयो । साधन स्रोतको उचित प्रयोग गरेर प्रहरीले गर्ने काम कारवाही संचालन गर्न सकेमा आगामी दिनमा संगठनले राम्रो प्रतिफल प्राप्त गर्न सक्ने उल्लेख गर्दै प्रहरीले छिटोछरितो सेवा प्रवाह गर्नेतर्फ सदैव अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । 

    AGNI GROUP

    160939624_191305279163499_4034232519602809153_n.jpg

    अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी, मजबुद तथा प्रमाणमुखी बनाउनुपर्नेमा जोड दिँदै प्रहरी अतिरीक्त महानिरीक्षक हरि बहादुर पालले भन्नुभयो, ‘अपराध कार्य नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा प्रहरीले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेशा सम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्छ ।’ प्रहरी अधिकृतहरुले समस्याको पहिचान पश्चात् त्यसको समाधानतर्फ अग्रसर भएमा राज्यले अख्तियार गरेको नीति तथा निर्देशनलाई प्रभावकारी ढंगबाट संचालन गर्न सकिने उहाँले बताउनुभयो । प्रहरी कर्मचारीहरु एक्यबद्ध भई अगाडि बढेमा प्रहरीले गर्ने हरेक काम कारवाहीको गन्तव्य निर्धारणका लागि सहजता हुने उल्लेख गर्दै थप व्यवसायिक क्षमता, लगनशीलताकासाथ नयाँ परिस्थिति र चुनौतिको सामना गर्न प्रहरी कर्मचारीहरु तयार रहेको उहाँले बताउनुभयो । 

    निरीक्षणका क्रममा काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले प्रहरी अतिरीक्त महानिरीक्षक हरि बहादुर पाल समक्ष काठमाडौंको समग्र शान्ति सुरक्षाको अवस्था,प्रहरी परिचालन, विविध गतिविधिहरु लगायतका विषयमा जानकारी समेत गराउनु भएको थियो ।

    162466217_149972283669903_7051754323099571014_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij