Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ – काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले कोभिड–१९ को जोखिम कायमै रहेकाले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर होली मनाउन आग्रह गरिएको बताए । चाडपर्व मनाउने नाममा कुनैपनि अवाञ्छित गतिविधिहरु नगर्न पनि सचेत गराएका छन् । कसैको इच्छाविपरीत रङ हान्ने, लोला तथा पानी छ्याप्ने, नसालु पदार्थ खाने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सार्वजनिक ठाउँमा होहल्ला गर्ने जस्ता व्यक्तिको जीवनमा असर पर्नेखालको कार्यहरु नगर्न प्रशासनले सचेत गराएको हो । चैत १५ र तराई भेगमा १६ गते परेको छ । विगतका वर्षहरुमा होली धुमधामका साथ मनाइँदै आएकोमा कोरोनाका कारण यसवर्ष सामान्य ढंगले मनाउन आग्रह गरिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij