Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

ब्राउनसुगरसहित ६ जना पक्राउ

ब्राउनसुगरसहित ६ जना पक्राउ

  • उदयपुर । चौदण्डी नगरपालिका–४ फत्तेपुर रामपुर सडकखण्डको नमूनाचोकबाट प्रहरीले ब्राउन सुगरसहित छ युवालाई पक्राउ गरेको छ । सोमबार साँझ सप्तरीको फत्तेपुरबाट बेल्टार आउँदै गरेको दुईवटा अटोमा जाँच गर्दा लागुऔषध ब्राउनसुगरसहित छ युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१३ का ३० वर्षीय खगेन्द्र राई, २४ वर्षीय दीपक राई, २४ वर्षीय हरि खड्का, चौदण्डीगढी नगरपालिका–५ का २३ वर्षीय सुनिल राई रहेको जिल्ला प्रहरी उदयपुर प्रमुख भीमप्रसाद दाहालले जानकारी दिएका छन् । यस्तै सप्तरी जिल्ला कङ्कालिनी नगरपालिका–७ का २५ वर्षीय ऋषिकुमार क्षेत्री र २० वर्षीय बब्लु मुखिया रहेको उदयपुर प्रहरीले बताएको छ ।

    onlinepatrika
    Arghakhachi

    उनीहरुको साथबाट ३.९ ग्राम ब्राउनसुगर, सात बोतल कोरेक्स तथा केही गाँजा बरामद भएको प्रहरी कार्यलय उदयपुरले बताएको छ । पक्राउ गरिएका छ जनालाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij