Jun 20 2026 | २०८३, असार ६ गते
झापा । प्रहरीले झापा बुद्धशान्ति गाउँपालिका-४ बर्ने स्थित राजमार्गबाट अवैध रुपमा ल्याएको भारतीय मदिरा बरामद गरेको छ । सोमवार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा लिई चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई राखेर ल्याएको भारतीय मदिरा SIKKIM GOLDEN नामक ८४ बोतल र फायरबल ११ बोतल फेलापारी बरामद गरेको हो ।
बरामद गरिएको मदिरा, भेन र भेन चालक ईलाम सुर्योद्धय-२ का २८ वर्षीय प्रकाश खड्कालाई आवश्यक कारबाहीका लागी श्री आन्तरिक राजश्व कार्यालय चन्द्रगढी झापामा बुझाईएको छ ।
त्यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij