Jun 20 2026 | २०८३, असार ६ गते
गलकोट । उन्नाइस वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–५ का ४० वर्षीय भरत सापकोटालाई सात वर्ष कैद सजायको फैसला सुनाइएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको इजलासले बलात्कार कसूर ठहर गर्दै सापकोटालाई सात वर्ष कैदसहित नगद क्षतिपूर्तिको फैसला सुनाइएको हो । अदालतले पीडितलाई रु एक लाख क्षतिपूर्ति र रु एक हजार ३०० पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताए । युवतीलाई सापकोटाले गत साउन १६ र १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई सोही दिन पक्राउ गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij