Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

  • पर्सा । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका अनुसार पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर दक्षिण सीमा क्षेत्र भारतसँग जोडिएकाले उक्त नाकामा कडाइ गरी उच्च सतर्कता अपनाइएको छ । प्रदेश नं २ को भारतीय सीमासँग जोडिएको नाकामा ६७ बिओपी र ३५ एफओपीको पोष्ट रहेका छन् । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने मानिसलाई कडाइका साथ जाँच गर्ने निर्देशनसमेत दिइएको छ ।

    onlinepatrika
    Arghakhachi

    सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरीले आठवटै जिल्लामा रहेका कोभिड संकट व्यवस्थापन समिति तथा स्थानीय निकायसँग समन्वय गरी हेल्थ डेस्क राख्ने निर्देशन दिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए । उनले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका युनिटले आवश्यकतानुसार आठवटै जिल्लामा फोरवार्ड अपरेटिङ बेस खडा गरी सीमा नाकामा हेल्थ डेस्क राखेर काम गर्न निर्देशन दिएको बताए ।

    AGNI GROUP

    यसैबीच पछिल्लो केही दिनयता पर्सा जिल्लामा पुनः कोरोना संक्रमित फेला पर्न थालेकाले कोभिड संकट व्यवस्थापन समिति पर्साले बैठक बसी सीमा नाकामा कडाइ गर्ने, सशस्त्र र नेपाल प्रहरीलाई कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा राखी मुख्य नाकामा सेना परिचालन गर्ने तथा हेल्थ डेस्क राख्ने निर्णय गरेको छ ।

    पर्साका प्रमुख जिल्ला अधिकारी एवं कोभिड संकट व्यवस्थापन समितिका संयोजक आसमान तामाङको अध्यक्षतामा बसेको बैठकले कोभिड सङ्क्रमित बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गरी जिल्लाका नारायणी अस्पताल, बगही स्वास्थ्यचौकी, पोखरिया अस्पताल र भिखमपुर स्वास्थ्यचौकीमा कोभिड संक्रमितको उपचारका लागि शय्याको व्यवस्थापन गरिने निर्णय गरेको छ । सो समितिले होलीपर्वलाई दृष्टिगत गरी होली खेल्ने क्रममा २५ जनाभन्दा बढी भीड नगर्न सबैसँग आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij