Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

रेड पाण्डाको छाला बोकेर हिडेकाहरु च्याप्पै !

रेड पाण्डाको छाला बोकेर हिडेकाहरु च्याप्पै !

  • काठमाडौं । सोलुखुम्बुको महाकुलुङबाट सात वटा रेड पाण्डाको छाला र पाँच वटा पासोसहित उनीहरूलाई घरैबाट पक्राउ गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा महाकुलुङ गाउँपालिका २ का ७६ वर्षीय बृद्ध जगत बहादुर राई, त्यही गाउँपालिका ३ का ५६ वर्षीय कविर शंकर राई र ५७ वर्षीय मितुरधन राई रहेका छन् । सोमबार साँझ पक्राउ परेका उनीहरूलाई बिहीवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो  ।

    onlinepatrika
    Arghakhachi

    मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बफरजोनभित्र गैरकानुनी रूपमा वन्यजन्तुको चोरी सिकार गरी मार्ने, आखेटोपहार लुकाइ–छिपाइ राखी खरिद बिक्री गर्ने तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक(डीएसपी) कवित कटुवालले जानकारी दिनुभयो । घटनाको अनुसन्धानका लागि पक्राउ परेका तीनै जनालाई कानुनी कारबाहीका लागि राष्ट्रिय निकुञ्ज पठाइने उहाँको भनाइ छ ।

    AGNI GROUP


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij