Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी ओलीले स्मार्ट सिटीकोरुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरको रुपमा घोषित भएकोमा वालिङ नगरपालिका नगर प्रमुख दिलीपप्रताप खाँणलाई पुरस्कार प्रदान गरेका हुन् ।
वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद जोखिम ब्यवस्थापन र उत्थानशिलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो । नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै नगर प्रमुख खाँणले आगामी दिनमा काम गर्नका लागि थप उर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिए । “वालिङ नगरपालिका नेपाल नगरपालिका संघ, विभिन्न दातृ निकायहरुसँग हातेमालो गर्दै विकासको गतिमा अगाडि बढिरहेको छ” नगर प्रमुख खाँणले भने, “हामीले गरेको कार्य देशभरकै सर्वोत्कृष्ट रहेको भनी मूल्याङ्कन गर्ने मूल्याङ्कनकर्ताहरुप्रति नगरपालिकाकोतर्फबाट आभार ब्यक्त गर्दछु ।”
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij