Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

कीर्तिपुरमा नक्कली नोट छाप्ने प्रिन्टरसहित दुईजना पक्राउ, ५ सय र हजारका नक्कली नोट बरामद

कीर्तिपुरमा नक्कली नोट छाप्ने प्रिन्टरसहित दुईजना पक्राउ, ५ सय र हजारका नक्कली नोट बरामद

  • काठमाडौं । ५ सय र १ हजारका नक्कली नेपाली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले रौतहट घर भएका गनबहादुर लोप्चन  ‘राजु’ र निता तामाङ ‘माया’ लाई पक्राउ गरेको हो । नक्कली नोट बोकेका व्यक्ति कलंकीमा आएको सुराकको आधारमा प्रहरीले उनीहरुको पिछा गरेको थियो । कलंकीबाट ५ सय दरको ९ वटा नोट बरामद गरिएको थियो । कीर्तिपुरस्थित उनीहरुको डेरा सर्च गर्दा हजार रुपैयाँ दरका ४९ वटा र ५ सय दरको थप ५६ वटा नक्कली नोट फेला परेको छ ।

    onlinepatrika
    Arghakhachi

    डेराबाट नोटमा प्रयोग गरिने ‘सेक्युरिटी थ्रेड’ बनाउन प्रयोग हुने कच्चा पदार्थ र प्रिन्टर बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij