Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

त्रियुगाका सामुदायिक वनमा डँढेलो : बस्ती उच्च जोखिममा

त्रियुगाका सामुदायिक वनमा डँढेलो : बस्ती उच्च जोखिममा

  • उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नवउदय सामुदायिक वन र वडा नं २ स्थित सनुवा सामुदायिक वनमा आगो लागेको छ । दुबै सामुदायिक वनमा सोमवारदेखि डँढेलो लागेको हो । डँढेलोका कारण सनुवागाउँ उच्च जोखिममा परेको छ । डिभिजन वन कार्यलय उदयपुर गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहका अनुसार त्रियुगा नगरपालिका–२ स्थित चुरे क्षेत्रको सनुवा सामुदायिक वनमा अचानक डँढेलो लागेपछि अहिले चुरे क्षेत्र आसपासका ५० घरसहित सनुवागाउँ उच्च जोखिममा परेको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमवार साँझदेखि सनुवा सामुदायिक वन क्षेत्रमा शुरु भएको डँढेलो हिजो (बुधवार) दिउँसोसम्ममा नियन्त्रणमा आउन सकेको छैन । हावाहुरी चलेका कारण आगो नियन्त्रणमा लिन कठिन भइरहेको स्थानीवासी बताउँछन् । सनुवा चुरे क्षेत्रको १५० हेक्टर क्षेत्रफल आसपासमा डँढेलो फैलिएपछि सनुवागाउँ डढेलोको चपेटामा परेको डिभिजन वन कार्यालय उदयपुर गाईघाटले जनाएको छ ।

    AGNI GROUP

    सनुवागाउँ क्षेत्रमा डँढेलो आउन शुरु गरेपछि बुधवार साँझदेखि गाउँ बचाउनका लागि नेपाली सेना, जिल्ला प्रहरी, सशस्त्र प्रहरीसहित वनका कर्मचारी र उ भोक्तासहित ४०० भन्दा बढी जनशक्तिले डँढेलो नियन्त्रणमा लिने प्रयास शुरु गरिएको डिभिजन वनका सूचना अधिकृत साहले बताए । बुधवार साँझदेखि रातभरि नै सुनुवा क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय उपभोक्तासमेत डँढेलो नियन्त्रणमा लागिरहेको डिभिजन वन कार्यलय गाईघाटले जनाएको छ । रातभरि डँढेलो नियन्त्रणका प्रयास गरेपनि तीव्र हावाहुरीका कारण समस्या भइरहेको डिभिजन वन कार्यलय गाईघाटले जनाएको छ ।

    सोमवारदेखि त्रियुगा नगपालिका–११ नवउदय सामुदायिक वनमा लागेको डँढेलो अहिले २०० हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको छ । तीव्ररूपमा हावाहुरी चलेका कारण डँढेलो छिटो फैलिएको स्थानीयवासीको भनाइ छ । त्रियुगा नगरपालिका–११ स्थित चपनगाउँसमेत डढेलोको जोखिममा परेको छ भने यस क्षेत्रमा समेत गए रातिदेखि नै नेपाली सेना, प्रहरी र स्थानीय उपभोक्ता डढेलो नियन्त्रणमा लागिरहेको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ । डँढेलो लगाउने व्यक्तिको पहिचान हुन नसकेको वन उपभोक्ता समितिले जनाएको छ । वन क्षेत्रमा वस्तुभाउ चराउने तथा घाँस काट्ने व्यक्तिले जानाजान आगो लगाउने गरेको स्रोतले जनाएको छ ।

    हिउँदमा झरेका पातपतिङ्गरले वर्षामा घाँस पलाउन नदिने भएपछि पातपतिङ्गर डढाउने उद्देश्यले वन क्षेत्रमा आगो लगाउने गरेको पाइएको छ । वनमा लगाइने आगोले पार्ने दीर्घकालीन असरका बारेमा उपभोक्तालाई जानकारी गराउन आवश्यक छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij