Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

लोप हुँदै हिमाली जडीबुटी

लोप हुँदै हिमाली जडीबुटी

  • बझाङ । जिल्लामा यार्सागुम्बालगायत हिमाली जडीबुटी लोप हुँदै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता वस्तुको दिगो व्यावस्थापनका लागि ध्यान दिन सरोकारवाला निकायले सरकारसँग आग्रह समेत गरेका छन् । साइपाल गाउँपालिकाको सहयोगमा साहारा नेपालको अयोजनामा जिल्लामा पाइने हिमाली जडीबुटीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल सम्पन्न भएको छ ।jadibuti-1.jpg

    onlinepatrika
    Arghakhachi

    कार्यक्रममा यार्सागुम्बा, वनलसुन, सतुवाजस्ता महत्वपूर्ण जडीबुटी परिपक्व नहुँदै निकाल्दा बीउ उत्पादन नहुने, जथाभावी फोहरमैला फाल्ने, वनमा डढेलो लगाउने गरेका कारण जडीबुटी लोप हुन गएकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् । दुई हजार ५४१ जनसङ्ख्या रहेको साइपालमा मुख्य आयस्रोतका रुपमा नै जडीबुटी र पशुपालन रहेको छ । वातावरणमा परेको असरले जडीबुटी उत्पादनका क्षेत्रमा असर पुगिरहेको जनाइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले साइपालको सिमाना तिब्बतसँग जोडिएकाले अवैध सामग्री ओसारपसार रोक्न आग्रह गरे ।
    जिल्ला समन्वय समिति प्रमुख खड्कबहादुर खड्काले डडेलोबाट वन र वातावरण जोगाइ बहुमूल्य जडीबुटीको संरक्षण गर्न सकिने बताए ।

    AGNI GROUP

    जेठको अन्तिम सातादेखि असारको दोस्रो सातासम्म यार्सा टिप्ने समय भए पनि हाल वैशाखको अन्तिम सातादेखि नै इजाजत लिई यार्सा सङ्कलनमा जाने गरेको सुर्मा गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले जानकारी दिए । साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले जडीबुटी संरक्षणका लागि गाउँपालिकाले प्राथमिता दिएको बताए । बझाङको सुर्मा, साइपाल, बुङ्गल, खप्तडछान्ना, छविसपाथिभेरा गाउँपालिकालगायत स्थानीय तहमा जडीबुटी पाइँने गर्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij