Jun 20 2026 | २०८३, असार ६ गते
धनगढी । दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा फेरि एक महिलासँग शंकास्पद रुपमा भेटिएका छन् । हिजो ९बिहीवार० राति दोगडाकेदार–६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा रहेको गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। महिलाको घरमा रहेको भन्ने थाहा पाएका गाउँलेले वडा अध्यक्ष र ती महिलालाई कुटपिट पनि गरेका प्रहरीले जनाएको छ। कुटपिटबाट दुवैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
‘दुवैजना हाम्रो नियन्त्रणमा रहेका छन्,’ अधिकारीले भने‚ ’नेटवर्कको समस्याले फोनमा धेरै कुरा बुझ्न पाइएको छैन्, अहिले जिल्ला ल्याउँदैछौं, थप कुरा पछि थाहा हुन्छ।’ वडाअध्यक्ष महरा यसअघि शंकास्पद रुपमा फेला परेकी महिलासँग नै यसपटक पनि भेटिएका हुन् । ती महिला एकल रहेकी बताइएको छ ।
गत चैत्र ५ गते दुवैजनालाई बिहीवार राति ३ बजे होटलबाट नियन्त्रणमा लिइएको थियो । चैत्र ६ गते प्रहीको सोधपुछपछि महरा छुटेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij