Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

ललितपुरमा हावामा प्रदुषणको मात्राले खतराको तह पार गर्‍यो

ललितपुरमा हावामा प्रदुषणको मात्राले खतराको तह पार गर्‍यो

  • ललितपुर । ललितपुरमा हावामा प्रदुषणको मात्राले खतराको तह पार गरेको वातावरण विभागले जनाएको छ । विभागको भैंसेपाटीस्थित स्टेशनले २ बजेपछि अपडेट गरेको विवरणमा यो क्षेत्रमा वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ३ सय २५ पुगेको जनाईएको छ। एक्वुआई ३ सयभन्दा माथि हुनु घातक मानिन्छ । एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ भने एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर मानिन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ मानिन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ सबैभन्दा घातक मानिन्छ । ललितपुरमा प्रदुषण घातक तहमा पुगेको छ। भोलिसम्म पनि घटेन भने पर्सि (आइतबार) जनस्वास्थ्यका लागि अपनाउनु पर्ने मापदण्ड जारी गर्ने विभागले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    यसैबीच वायु प्रदूषण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। विमानस्थलबाट हुने उडान र अवतरण दुवै बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij