Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

फ्रिजमा लुकाएर राखेको ब्राउनसुगरसहित ४ जना पक्राउ

फ्रिजमा लुकाएर राखेको ब्राउनसुगरसहित ४ जना पक्राउ

  • सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट नियन्त्रीत लागूऔषध खैरो हेरोईन सहित ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा धरान-१५ का २२ वर्षीय सुजन धमला,२५ वर्षीय बिधान आलेमगर र १९ बर्षीया मनुषा तामाङ रहेकी छिन् भने धरान १७ का २१ वर्षीय अर्पण धमला रहेका छन ।

    onlinepatrika
    Arghakhachi

    विशेष सुराकका आधारमा बुधवार ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका मध्ये बिधान आलेमगरको घरमा खानतलासी गर्दा कोठामा रहेका चारै जनालाइ नियन्त्रणमा लिई कोठामा रहेको फ्रिज खोलेर हेर्दा उनिहरुले लुकाई राखेको ११ ग्राम लागूऔषध खैरो हिरोईन ब्राउनसुगर फेलापारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    यसरी पक्राउ परेका चारै जना उपर लागूऔषध मुद्दामा कानूनी कारबाही अगाडी बढाई अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij