Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

अर्थ मन्त्रालयले बजेटमा सुझाव माग्यो

अर्थ मन्त्रालयले बजेटमा सुझाव माग्यो

  • आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट निर्माण प्रक्रिया सुरु गरिसकेको अर्थ मन्त्रालयले सुझाव माग गरेको छ। आगामी बजेटमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा सुझाव पेस गर्न मन्त्रालयले सरोकारवाला सबै सङ्घसंस्था, पेसा व्यवसायी र आमनागरिकलाई आह्वान गरेको हो। शुक्रबार सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटको बजेट सुझाव ट्याबमा र बीपीडीएटएमओएफ डट जीओभी डट एनपी ई–मेलमा पठाउन सकिने जनाएको छ। मन्त्रालयले आगामी आवका लागि फागुन पहिलो हप्तादेखि नै बजेट निर्माणको प्रक्रिया सुरु गरिसकेको छ।

    onlinepatrika
    Arghakhachi

    आगामी बजेटमा समेट्नुपर्ने विषयमा मन्त्रालयले यसअघि पूर्व अर्थ सचिवसँग छलफल गरिसकेको छ। त्यस्तै मन्त्रालयले गत चैत २ गते सबै मन्त्रालयका सचिवको उपस्थितिमा बजेट निर्माणका आधार मार्गदर्शन प्रस्तुत गरेको थियो। सोही दिन मन्त्रालयले सिलिङभित्र रहेर मात्र बजेट प्रस्ताव गर्न आग्रह गरेको थियो।

    AGNI GROUP

    मन्त्रालयले आगामी आवका लागि आर्थिक पुनरोत्थान र रोजगारी सिर्जना, ठूला पूर्वाधार आयोजना कार्यान्वयनमा निरन्तरता, कृषि क्षेत्रको विकास, सामाजिक विकासमा निरन्तर लगानी, क्षेत्रगत र प्रादेशिक सन्तुलन र दिगो विकास लक्ष्यलाई बजेट निर्माणका मुख्य आधारमा रूपमा प्रस्तुत गरेको छ। आगामी बजेटमा अनिवार्य दायित्व र स्रोतअनिवार्य दायित्व र स्रोत सहमति दिइएका विषयहरू सिलिङ समावेश गरेपछि मात्र अन्य आयोजना र कार्यक्रममा बजेट प्रस्ताव गर्न अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई जानकारी गराएको छ। त्यस्तै बजेट प्रस्ताव गर्दा मध्यकालीन खर्च संरचना तयार गर्नुपर्ने, उपलब्धि सूचक पनि स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने मन्त्रालयको निर्देशन छ। आयोजना वर्गीकरणसम्बन्धी मापदण्डमा आधारित भएर मात्र आयोजना प्रस्ताव गर्नुपर्ने अर्थले जनाएको छ। गोरखापत्रमा खबर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij